Google

Tuesday, April 29, 2008

TELECOM NEWS

काठमाडौं, वैशाख १५
- इन्टरनेट सेवा प्रदायक कम्पनीले सस्तो मूल्यमा उच्च गतियुक्त इन्टरनेट एस्मेटि्रक डिजिटल सब्सक्राइबर लाइन -एडीएसएल उपभोक्तालाई बिक्री गर्न पाउनेभएका छन् ।दूरसञ्चार प्राधिकरणले टेलिकमका अतिरिक्त निजी इन्टरनेट सेवा प्रदायक कम्पनी -आईएसपी० ले समेत सेवा बिक्री गर्न पाउने निर्णय गरेको हो ।प्राधिकरणका प्रवक्ता कैलास न्यौपानेले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतिस्पर्धा बढाउन निजी क्षेत्रले एडीएसएल सेवा बिक्री गर्न पाउने नीतिगत निर्णय गरिएको बताए । टेलिकमले आफूमात्रै यो सेवा वितरण गर्ने अडान लिएपछि आईएसपीहरू यसका विरुद्ध पुनरावेदन अदालत, अनुगमन निकाय प्राधिकरण र सर्वोच्च अदालतमा समेत पुगेका थिए ।टेलिकम र निजी क्षेत्रले समेत वितरण गर्न पाउने भएपछि सरकारी स्वामित्वको टेलिकमको परम्परागत तारयुक्त टेलिफोन लाइनमार्फ दुई साताभित्र यो सेवा सुरु हुनेभएको छ । टेलिकमका प्रबन्ध निर्देशक सुगतरत्न कंशाकारले दुई साताभित्र बिक्री सुरु हुनेगरी तयारी भइरहेको बताए । टेलिकमले तामाको तारमार्फ घरायसी प्रायोजनका लागि २२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिने क्षमता जडान गरी परीक्षण सम्पन्न गरिसकेको छ ।टेलिफोन एक्सचेन्जदेखि तामाको तारमार्फ घरमा जडित टेलिफोन तारमा थप उपकरण जडान गरेर एकैचोटी तीव्र गतिको इन्टरनेट चलाउन सकिन्छ । यो प्रविधिमा २० मेगाविट्स प्रतिसेकेन्डको गतिसम्म डेटा ट्रान्सफर क्षमता भए पनि पहिलो चरणमा १ सय २८ केबीपीएसदेखि दुई मेगाविट्ससम्म उपलब्ध गराइनेछ । हालसम्म टेलिकमले ५६ किलोविट्सको गतिमा डायलअप इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।यो प्रविधिमार्फ घरमा इन्टरनेट चलाउ“दा टेलिफोनको विल तिर्नु पर्दैन । टेलिफोनमा एडीएसएल जडान गरेपछि एकैचोटी इन्टरनेट, टेलिफोन, इन्टरनेटमा आधारित टेलिभिजन समेत हर्ेन सकिन्छ ।प्राधिकरणले टेलिकमद्वारा प्रस्तावित एडीएसएलको महसुल दर पनि स्वीकृत गरेको जनाएको छ । जसअनुसार १ सय २८ किलोबाइट्स गतिको मासिक असीमित इन्टरनेट सेवाका लागि ९ सय रुपैया“ महसुल निर्धारण गरेको छ । यसैगरी प्राधिकरणले २ सय ५६ केबीपीएसको असीमित मासिक सेवाका लागि १ हजार ५ सय रुपैया“, ५ सय १२ केबीपीएसको २ हजार ७ सय रुपैया“, १ एमबीपीएस क्षमताका लागि मासिक ५ हजार र २ एमबीपीएसका लागि ९ हजार ३ सय रुपैया“ महसुल निर्धारण गरेको छ । यो महसुल साविकको भन्दा निकै सस्तो हो । यसअघि उपभोक्ताले यो गतिको इन्टरनेटका लागि २ हजार २ सय रुपैया“भन्दा बढी तिर्नुपरेको थियो ।आईएसपीएनका महासचिव विनय बोहोराले टेलिकमले निजी क्षेत्रलाई एडीएसएल प्रविधिबाट सेवा सञ्चालन गर्न दि“दा उपभोक्ता अझ बढी लाभँन्वित हुनसक्ने कान्तिपुरसँग बताए । प्राविधिकरूपमा बाधा नभएकाले टेलिकम र निजी क्षेत्रका आईएसपीले स“गस“गै सेवा बिक्री सुरु गर्न पाउने वातावरण तयार गर्नुपर्छ, उनले भने । प्राधिकरणले भने टेलिकम र निजी कम्पनीबीच एक महिनाभित्र आपसमा दरभाउ निर्धारण गर्न समय तोकेको छ ।अन्तरआबद्धता महसुल घट्नेसरकारी तथा निजी मोबाइलबीच आदान-प्रदान हुँदा लाग्ने अन्तरआबद्धता महसुल घट्ने भएको छ । दूरसञ्चार प्राधिकरणले वैशाख १९ देखि लागू गर्ने नयाँ इन्टरकनेक्सन निर्देशिका लागू भएपछि महसुल घट्न लागेको हो ।मेरो मोबाइल, यूटीएललगायतका कम्पनीलाई आफ्ना ग्राहकसँग लिँदै आएको महसुल थप घटाउन बाटो खुला भएको छ । अब निजी कम्पनीका फोनबाटटेलिकमको फोनमा सर्म्पर्क गर्दा बढीमा ५४ पैसा तिर्नुपर्ने भएको छ । यसअघि यी कम्पनीका फोनद्वारा टेलिकमको फोनमा सर्म्पर्क गर्दा टेलिकमलाई १ रुपैयाँ ५० पैसा अन्तरआबद्धता शुल्क तिर्नुपर्ने थियो ।प्रत्येक सेवा प्रदायकले नयाँ निर्देशिका लार्गू भएको १ सय २० दिनभित्र नयाँ महसुल निर्धारण गर्नुपर्नेछ । ठूलो कम्पनी टेलिकमले अन्तरआबद्धता शुल्क बढी निर्धारण गरेकाले मेरो मोबाइलका ग्राहकले टेलिकमका फोनमा सर्म्पर्क गर्दा बढी रकम तिर्नुपरेको गुनासो थियो ।

No comments: